पुस–२१,  खोटाङको हलेसीस्थित हलेसी क्याम्पसले महायज्ञ गर्ने तयारी गरेको छ । क्याम्पस सञ्चालनकालागि आवश्यक रकम जुटाउने उद्देश्यकासाथ क्याम्पस सञ्चालक समितिले महायज्ञ लगाउने तयारी गरेको हो । 
क्याम्पसको शैक्षिक तथा भौतिक स्तर वृद्धिका लागि आगामी माघ–९ गतेदेखि १५ गतेसम्म श्रीमद भागवत धनधान्यचल ज्ञान महायज्ञ गर्ने तयारी गरिएको महायज्ञ मूल आयोजक समितिका हरि गिरीले बताउनुभयो । गत वर्षदेखि स्नातक तहको कक्षा शुरु गरेको क्याम्पसले विश्व हिन्दू धर्म नारी आव्हान राष्ट्रिय समिति नेपालसँगको सहकार्यमा महायज्ञ गर्ने भएको हो । 
यज्ञका लागि आर्थिक तथा व्यवस्थापन उपसमिति पनि गठन गरिएको स्थानीय सिबी राईले जानकारी दिनुभयो । महायज्ञमा पण्डित बालकृष्ण अर्यालको मुखारवृन्दबाट कथा वाचन गरिने आयोजक समितिले जनाएको छ ।