पुस–२९, जिल्ला पशुसेवा कार्यालय खोटाङले सडकका पेटी तथा भुइँमा राखेर मासु बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ । सदरमुकाम दिक्तेलका होटल तथा सडकका पेटी वा भुइँमै प्लाष्टिक बिछ्याएर पशुपन्छीको मासु बिक्री वितरण पाएपछि कार्यालयले यस्तो आग्रह गरेको हो । 
कार्यालयले पशु स्वास्थ्य तथा पशु सेवा ऐन एवं बधशाला र मासु जाँच ऐन विपरीत मासु बिक्रीवितरण नगर्न आग्रह गरेको हो । जिल्लाका मासु व्यवसायीको भेला बोलाएर पशु सेवा कार्यालयले मासु व्यवसायलाई व्यवस्थित बनाउँदै ग्राहकको हातमा सफा र स्वच्छ मासु पु¥याउनका लागि आग्रह गरेको छ । 
खुल्ला ठाउँमा काठको फलेक, खाट तथा प्लाष्टिकमा राखेर अस्वस्थकर मासु बिक्रीवितरण गर्नेक्रम बढ्दै गएपछि मासु व्यवसायीलाई सचेत गराइएको जिल्ला पशु सेवा कार्यालय खोटाङका बिरष्ठ पशु विकास अधिकृत डा. नारायण श्रेष्ठले बताउनुभयो । हप्ता दिनभित्र मापदण्ड अनुशार मासु बिक्रीवितरण शुरु नगरिए पशुसेवा कार्यालयले मासु जफत गर्ने चेतावनी दिएको छ । 
खुल्ला ठाउँमा राखेर बिक्री गरिने मासुमा गाडी र हावाले उडाएको धुलो पर्नुकासाथै वरपर कुकुरहरु पनि झुम्मिरहेका देखिन्छन् ।