पुस–२९, खोटाङमा अनाधिकृतरुपमा सञ्चालित एक औषधी पसल बन्द गर्न निर्देशन दिएको छ । औषधी विभागको टोलीले औषधि अनुगमनको क्रममा खोटाङमा सञ्चालित स्वेता मेडिकल हललाई बन्द गर्न निर्देशन दिएको हो ।
औषधी विभागका निरीक्षक गणेशकुमार तामाङको नेतृत्वको टोलीले महोत्तरी जिल्लामा दर्ता भएको आयुर्वेदिक प्रणालीको औषधि पसल विना इजाजत दिक्तेलमा सञ्चालन गरिएको, अनाधिकृत औषधी जेनेग्रा सय एमजीको औषधि फेला परेको लगायतका विभिन्न कैफियत फेला परेकाले नियमन नगरुन्जेलका लागि औषधी पसल बन्द गर्न निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलका अनुसार निरीक्षणमा अनाधिकृत औषधी समेत बरामत गरिएको छ ।