माघ–१०, प्रहरीले एक युवतीलाई बलात्कृत हुनबाट जोगाएको छ । खोटाङ्ग जिल्लाको मात्तिम र लफ्याङको बीचमा पर्ने साप्सु खोलाको जंगलमा एक ट्याक्टर चालकले बलात्कार गर्न खोजेपछि भाग्दै गरेकी युवतीलाई बुधबार राती उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बलात्कारको प्रयास गर्ने चालक उदयपुरको त्रियुगा नगरपालिका–३ घर भएका ट्याक्टर चालक शेरबहादुर राईलाई प्रहरीले बुधबार राती नै पक्राउ गरेको छ । प्रहरीका अनुसार ट्याक्टर ड्राइभरले घर पुर्यारइदिन्छु भन्दै खोला नजिकै जङ्गलमा बलात्कारको प्रयास गरेपछि भागेको युवतीले बयान दिएकी छन् ।
युवतीले फोनमार्फत आफुमाथि बलात्कारको प्रयास भएको जानकारी दिएलगत्तै खोटाङका डिएसपी गोविन्दकुमार साहको नेतृत्वमा गएको टोलीले युवतीलाई उद्धार र आरोपितलाई पक्राउ गरेको हो । राई उपर कानुनी प्रक्रिया बढाइएको जनाइएको छ ।