माघ । आगलागीमापरी दुवै खुट्टा जलेका खोटाङका एक व्यक्तिलाई चन्दा उठाएर उपचारका लागि अस्पताल पठाइएको छ । आगलागीमा परी दुवै खुट्टा जलेका उत्तरी गाविस बासपानी–९ का ५० वर्षीय नौबहादुर राईलाई चन्दा उठाएर उपचारका लागि अस्पताल पठाइएको हो ।

गत माघ–९ गते भएको आगलागीमा खुट्टा जलेका राईको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि चन्दा उठाएर बिपी कोइराला मेमोरियल प्रतिष्ठान धरान पु¥याइएको छिमेकी नारायण राईले जानकारी दिनुभयो । उपचार गर्ने आर्थिक क्षमता नभएका राईलाई आफन्तहरुले चन्दा उठाएर अस्पताल पठाएका हुन् ।

जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि अस्पतालले रेफर गरेका राईलाई मंगलबार खानीडाँडा विमानस्थलबाट बिराटनगर हुँदै अस्पताल पु¥याइएको हो । चन्दा संकलनबाट जम्मा भएको १७ हजार र जिल्ला अस्पतालले दिएको ४ हजार गरी २१ हजारकासाथमा घाइतेलाई अस्पताल पु¥याइएको स्थानीय रस्मी रसाइलीले जानकारी दिनुभयो ।

निम्न आयस्तर भएका राई र राईका एक जना सहयोगीका लागि खोटाङ एकता समाज खोटाङले खानीडाँडाबाट बिराटनगर जानका लागि ५ हजार ८ सयको दुई वटा हवाई टिकट निशुल्क उपलव्ध गराएको छ । रसाइलीका अनुसार छिमेकी गाविस खार्ताम्छा घर भएका राई आफ्नो ससुरालीमा बस्दै आएका थिए ।

अस्पतालका अनुसार आगलागीमापरी ढडेका राईको दाहिने खुट्टा पुरै नचल्ने अवस्था छ । कम्मरमुनी पुरै जलेका राईलाई उपचारका लागि ११ गते अस्पताल भर्ना गरिएको थियो ।

बालबच्चाले मकै भुट्नेक्रममा सल्किएको आगोबाट राईसँगै उनको दुई तले घर जलेको छ । अगलागीमा घर जलेपछि राईका श्रीमती, ५ छोरी र एक छोरा रेडक्रसले उपलव्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन् ।

आगलागीमा लत्ताकपडा र अन्नपात जलेपछि बिचल्लीमा परेका राई परिवारलाई जिल्ला विकास समिति र बासपानी गाविसले ५÷५ हजार आर्थिक सहयोग गरेको छ ।