माघ–२४, पुष्पलाल लोकमार्ग यातायात व्यवसायी संघ खोटाङले जिल्लामा पहिलोपल्ट हलेसी मारातीका दर्शन नामक यातायातका सवारी साधन सञ्चालनमा ल्याएको छ । जिल्लाबासीको समस्यालाई मध्यनजर गर्दै संघले खोटाङ–काठमाडौं गर्ने १२ वटा जिप सञ्चालनमा ल्याएको हो । 
सदरमुकाम दिक्तेलसँग सिधा यातायात शुरु भएसँगै संघले दैनिक बिहान पाँच बजेबाट यातायात सेवा दिन थालेको छ । संघका अध्यक्ष लीला तामाङका अनुसार यसका लागि दुई हजार दुई सय रुपैयाँ भाडादर समेत निर्धारण गरिएको छ । 
यात्रुहरुलाई छिटो र सहजरुपमा यात्रा गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको जिपमा यात्रा गर्दा यात्रुको जीवन बीमाको समेत व्यवस्था गरिएको अध्यक्ष तामाङको भनाइ छ । जिपसेवा सञ्चालनमा ल्याएसँगै सदरमुकाम दिक्तेलमा शाखा कार्यालय र काउन्टर समेत उद्घाटन गरेको छ ।