फागुन–११, खोटाङमा नेपाली सेनाको सहयोगले एक गर्भवती महिलाको ज्यान बचेको छ । सुत्केरी अवस्थामा भएको अत्याधिक रक्तश्रावका कारण सिकिस्त बिरामी बनेकी भोजपुर छिनामखु–९ घर भई हाल बाम्राङ–७ बस्दै आएका गोपाल कट्वालको श्रीमती मीना कट्वालको ज्यान बचेको हो । 
प्रसव पीडामा छट्पटाइरहेको अवस्थामा २० वर्षीया कटवाललाई नेपाली सेनाको गाडीमार्फत जिल्ला अस्पताल पु¥याइएको सदरमुकाम दिक्तेलको मुढेस्थित जवरजङ गणका गणपती रामबहादुर थापाले बताउनुभयो । सेनाको मेडिकल टोलीसहित गाडीमा राखेर अस्पताल लैजानेक्रममा कट्वालले बाटैमा छोरी जन्माउनुभएको थियो ।
जिल्ला अस्पताल दिक्तेल पु¥याइएका सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । निम्न आर्थिक स्तर भएका कट्वाल परिवारको आग्रहमा गर्भवती महिलालाई अस्पताल पु¥याउन सहयोग गरिएको गणले जनाएको छ ।