फागुन–२०, ठगी गरेको आरोपमा युवा संघ खोटाङका सदस्य सम्बर किराती पक्राउ परेका छन् । जिल्लाको पश्चिमी गाविस डिकुवा–४ का ३० वर्षीय किराती सोमबार पक्राउ परेका हुन् । 
उनलाई कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका टोलीले किरातीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।