फागुन–२०, छात्रासँग अनैतिक सम्बन्ध राखेको भन्दै खोटाङमा एक शिक्षकमाथि अभिभावक र विद्यार्थीले कारबाहीको माग गरेका छन् । अभिभावक र विद्यार्थीले एक छात्रासँग अनैतिक सम्बन्ध राखेको आरोपमा सप्तेश्वरछितापोखरी–७ स्थित सरस्वति माविका शिक्षक लोकबहादुर थापामाथि कारबाहीको माग गरेका हुन् ।
उनीहरुले सोमबार विद्यालय प्रशासन समक्ष ज्ञापनपत्र बुझाउँदै शिक्षक थापालाई कारबाही गर्न माग गरेका छन् । शिक्षक थापालाई गत शनिबार राती एक छात्रासँग आपत्तीजनक अवस्थामा रंगे हात भेटिएको अभिभावकको भनाइ छ ।
आपत्तीजनक अवस्थामा रंगेहात भेटिएका शिक्षक थापाले छात्रालाई जिम्मा लिएपनि अभिभाबक र विद्यार्थीले कारबाहीको माग गरेको विद्यालयका प्रधानाध्यपक पदमकेशर राईले बताउनुभयो । आफ्नै बिद्यालयका छात्रासँग अबैध सम्वन्ध राख्ने शिक्षकलाई बिद्यालयमा राख्न नहुने भन्दै उनीहरुले प्राबि तहका शिक्षक थापालाई कारबाही गर्न माग राखेका छन् ।
विद्यार्थी र अभिभावकले नाराबाजी गरेका कारण पठनपाठन अवरुद्ध भएको थियो । शिक्षक थापालाई कारबाही गर्ने सहमती भएपछि विद्यालयको पठनपाठन सुचारु गरिएको प्रधानाध्यपक राईले बताउनुभयो । शिक्षक थापाका दुई छोरा छन् ।