फागुन–२२, वन पैदावार निकासीमा कमिशन माग्ने खोटाङका सात युवा पक्राउ परेका छन् । जिल्लाबाट निकासी हुने लोक्ता र अल्लो बाहिरी जिल्ला निकासी गरिदै गरेको अवस्थामा कमिशन माग्ने हलेसीमहादेवस्थान–४ का सुवाश राई, दीपेन्द्र राई, सन्तोष राई तथा दुर्छिम–४ का हरि राई, पूर्ण राई, पबिन्द्र राई र सुरेश राई पक्राउ परेका हुन् ।
जिल्लाको उत्तरी क्षेत्र राखावाङ्देलबाट निकासी गरिदै गरेको लोक्ता र अल्लोको चार वटा ट्रकलाई प्रति ट्रक २० हजारका दरले कमिशन मागेपछि ठेकेदारले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । साहका अनुसार घटनामा संलग्नमध्ये दुर्छिम–१ का रुपेन्द्र राई फरार छन् ।
फरार रुपेन्द्रको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका र परार रहेका युवाहरुविरुद्ध फौजदारी अभियोग अन्तरगतको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्नमध्ये रुपिन्द्र प्रमुख योजनाकार रहेको प्रहरीले जनाएको छ । उनी दुर्छिम उच्च मावि दुर्छिमका सञ्चालक समितिका अध्यक्ष हुन् ।
श्रोतका अनुसार उनले उच्च मावि सञ्चालनका लागि ठेकेदारसँग कमिशन मागेका हुन् । ठेकेदारले सबै प्रक्रिया पु¥याउन भनेपछि उल्टै ठेकेदारमाथि जाइ लागेको प्रहरीको भनाइ छ ।