फागुन २७ । खोटाङमा एक वर्ष अघि स्थापना भएको साल्पा विकास बैंक पाँच लाख घाटामा रहेको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा बैंकको घाटा ५ लाख रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकको १ करोड चुक्ता पुँजी रहेको छ ।
यस बैंक ५ लाख घाटामा रहेपनि चालु आर्थिक वर्षको ६ महिनामा घाटा बेहोरिरहेका १९ विकास बैंकमध्ये सबैभन्दा कम घाटा बेहोर्ने बैंक हो ।
राष्ट्र बैंकका अनुसार यति डेभलपमेन्ट बैंक सहित ११ वटा विकास बैंक करोडमा घाटामा छन् भने लाखमा घाटा बेहोरेका विकास बैंकहरूमा पूर्वाञ्चल, कर्णाली, ग्रिन, साझा, कन्ट्रि, झिम्रुक र साल्पा हुन् ।