फागुन–२८, खोटाङको दक्षिणी क्षेत्र खोटाङबजारस्थित इलाका प्रशासन कार्यालय दुई वर्षपछि सुचारु गर्न कर्मचारी खटिएका छन् । २०६८ चैतबाट बन्द इलाका प्रशासनका लागि कायम मुकायम शाखा अधिकृत दिगम्बर यादवलाई खटाइएको हो । 
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार यादवले नेपाली नागरिकताको परीचयपत्र लगायत कार्यालयको कागजात शुक्रबारै बुझि सकेका छन् । यादवले बुधबारदेखि सेवा सुचारु गर्ने जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।
इलाका प्रशासन सञ्चालन भएसँगै दक्षिणी क्षेत्रमा पर्ने २१ गाविसका सेवाग्राहीले सेवा पाउने छन् । सेवा सुरु भएपछि दक्षिणी क्षेत्रबाट तीन दिन धाएर सदरमुकाम आउनुपर्ने समस्या समाधान हुने भएको छ ।
उक्त कार्यालयमा नेपाली नागरिकता, काठमाडौंबाट लिने राहदानीको सिफारिस दिने व्यवस्था मिलाइएको छ । यसक्षेत्रका नागरिकले इलाका प्रशासन सुचारु गर्नु पर्ने माग राख्दै आएका थिए ।