चैत–२, नेकपा एमाले खोटाङले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई कलम र डायरी प्रदान गरेको छ । निष्पक्ष, स्वतन्त्र र तटस्थ पत्रकारिताको माध्यमबाट जिल्लाको विकास र परिवर्तनका क्षेत्रमा योगदान पु¥याउन आव्हान गर्दै एमालेले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई कलम र डायरी प्रदान गरेको हो । 
पार्टीको जिल्ला प्रतिनिधि परिषदको दोश्रो बैठक तथा कार्यकर्ता भेलाको अवसरमा शुक्रबार एमालेले महासंघका पदाधिकारी एवं केन्द्रीय पार्षदलाई बधाई तथा शुभकामना सहित कलम र डायरी प्रदान गरेको हो । पत्रकारहरुलाई एमाले बैकल्पीक सदस्य एवं सभासद शेरधन राईले कलम र डायरी हस्तान्तरण गर्नुभएको थियो । 
नेपाल पत्रकार महासंघ सबैको साझा संस्था भएको र सो संस्थामा आवद्ध पत्रकारहरु सबैको साझा भएकाले बधाई तथा शुभकामना सहित कलम र डायरी प्रदान गरिएको एमाले जिल्ला सचिव राजन राईले बताउनुभयो । सचिव राईले सम्बेदनशील र जिम्मेवारीका साथ समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । 
यस अघि नेपाली कांग्रेसले पनि मंगलबार पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको थियो । फागुन–२५ गते राती सम्पन्न चौथो अधिबेसनबाट दमन राईको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो ।