प्रदिप राई, चैत-१६, क्वालालम्पुर । लक्की मेनपावार उदयपुरले काम एउटा देखाई अर्को काममा विदेश पठाउदा वैदेशिक रोजगारमा जानेकाे विचल्ली हुने गरेकाे छ ।  याम्खा-४, खोटाङ घर भएका मिलन गुरुङ र नबिन दंगाल यस्तै फन्दामा परेका हुन् । 

मैदा मिलको लागि आठ घण्टाको ९ सय रिङ्गेट बेसिक र ओभरटायम समेत गरी जम्मा १४०० रिङ्गेट हुन्छ भनी १,३५,००० तिरेर मलेसिया आएका गुरुङ र दंगाललाई केमिकल कम्पनीमा काम लगाएका छन् । बेसिक ७०० रिङ्गेट मात्र दिने र ओभरटायम नहुने भएको हुँदा ठूलो समस्यामा परेको उनीहरुको भनाई छ । मेनपावारलाई फोन मार्फत् दुखेसो पोख्दा बसी राख्नु हामी निकाल्छौ भन्ने आश्वासन मात्र दिने गरेको उनीहरुले बताए । 
यहाँ आएको ४५ दिन बित्दासम्म मेनपावारले कुनै पहल गरेको छैन । एग्रिमेन्ट अनुसारको काम नदिए नेपाल फिर्ता गराउन मेनपावरसँग उनीहरुले माग गरेका छन् ।