बैशाख–८, फोहोरमैलाको कारण खोटाङको बराहपोखरीमा रहेको रातो माछा मासिन थालेका छन् । स्थानीयबासीले पोखरीमा नुहाउने र लुगा धुने गरेका कारण जिल्लाकै पर्यटकीयस्थल बराहपोखरीको रातो माछा मासिन थालेका हुन् । 
बढ्दो फोहोरमैला र साबुनको अशरका कारण बराहपोखरी गाविसस्थित पोखरीमा पाइने संसारकै दुर्लभ रातो माछा लोप हुँदै गएको स्थानीय जुक्तीराम राईले बताउनुभयो । जलवायु परिवर्तन र बढ्दो तापक्रमको अशरका कारण पनि बराहपोखरीको रातो माछा हराउन थालेको स्थानीयबासीले बताएका छन् । 
बथानका–बथानमा आउने पानी हाँसले माछा खाने गरेको र हाँसको चोटका कारण पनि माछा मरेको भेटिएको राईले जानकारी दिनुभयो । महिनामा करिव ४÷५ सय मरेका माछा पोखरीमा तैरिरहेका भेटिने गरेको राईको भनाइ छ । 
दुर्लभ रातो माछा संरक्षणकालागि स्थानीय केटाकेटीहरुले गुलेली प्रयोग गरी हाँस धपाउने प्रयास गरेपनि पर्याप्त हुन सकेको छैन । चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलीरहेको देख्न सकिन्छ ।
३३० मिटर लम्वाई र २१० मिटर चौडाई रहेको पोखरीमा बा¥है मास टम्म पानी हुनु पोखरीको बिषेशता हो । पोखरीको पानी एक किलोमिटर तल रहेको सुरुङबाट निकास हुने गरेको स्थानीयबासीको भनाई छ ।