प्रदिप राई, बैशाख–१२, क्वालालम्पुर । मलेशिया जोहोर राज्यको पेक्नानस्थित डब्लु एस कम्पनीमा कार्यरत खोटाङ जिल्ला रतन्छा–४ बुतेपाका होम प्रसाद राई (कालुमान राई) ओछ्यानमै मृत भेटिएका छन् ।
अघिल्लो दिन खाना खाएर सकुशल सुतेका राई बिहान मृत अवस्थामा भेटिएको सोही कम्पनीमा कार्यरत उनका साथीहरुले बताएका छन् । मृतक राईको शव पोष्टमार्टमका लागि जोहर अस्पतालमा राखिएको र चाँडै नेपाल पठाउने योजना भैरेको खोटाङ सेवा समाज इकाई कमिटीका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।
दुई वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका राईका श्रीमति, दुई छोरा र दुई छोरी छन् ।