बैशाख–१३, भीरबाट लडेर खोटाङमा एक वृद्धको ज्यान गएको छ । जलेश्वरी–३ का ५८ वर्षीय कुमार तामाङको शुक्रबार ज्यान गएको हो ।
आफन्तकोबाट घर फर्कँदै गर्दा स्थानीय रमितेभीरबाट लडेका तामाङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
मादक पदार्थ सेवन गरेर घर फर्किएका तामाङ शुक्रबार बिहान करिब नौं बजेतिर भीरबाट लडेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार मृत तामाङ बाटोबाट करिब दश मिटर तल खसेका थिए ।