बैशाख–३१, खोटाङको सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रहरी कार्यालय नजिक रहेको आइएमइबाट नगद चोरी भएको छ । प्रहरी कार्यालयकै अगाडि पर्ने दिक्तेल–२ का अनन्तनारायण जोशीको कालिका आईएमईबाट एक लाख ५१ हजार नगद चोरी भएको हो ।
मंगलबार राती आईएमई सञ्चालित कोठाको ढोका फुटाएर नगद चोरी भएको जोशीको भनाइ छ । चोरी भएको आईएमई जिल्ला प्रहरी कार्यालयबाट करिब एक सय मिटरको दुरीमा रहेको छ ।
घटनाको विषयमा बुधबार बिहान मात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले बताउनुभयो । चोरीमा संलग्नको खोजी भइरहेपनि पहिचान हुन नसकेको देवको भनाइ छ ।