जेष्ठ–९, पठन–पाठनमा अनियमितात गर्ने जिल्लाका ३६ जना शिक्षकलाई शिक्षा कार्यालयले स्पष्टीकरण सोधेपछि तीन जना शिक्षकले राजीनामा दिएका छन् । विद्यालय नजाने, मादक पदार्थ सेवन गर्ने र विद्यालय नजाने तथा मातेर विद्यालय जाने शिक्षकलाई छानेर शिक्षा कार्यालयले स्पष्टीकरण सोधेपछि महेन्द्रोद्धय उच्च मावि आख्रेडाँडागाउँका शिक्षक सुजनकेशरी भट्टराई, सिंहकाली प्रावि खार्ताम्छाका शिक्षक लोकनाथ आचार्य र सिंहकाली प्रावि खार्ताम्छाकै शिक्षीका कृष्णकुमारी आचार्यले पदबाट राजीनामा दिएका हुन् । 
यस्तै, जनता उच्च मावि बतासेका प्रधानाध्यपक हेम्बर बस्नेतले प्रधानाध्यापक पदबाट राजीनामा पेश गरेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मीनबहादुर थापाले बताउनुभयो । अनियमिततामा संलग्न भनिएका शिक्षकहरुले नैतिक दवावमा परेर राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
शिक्षाले आचार्यको नाम लामो समयसम्म विद्यालयमा अनुपस्थित रहने र बस्नेतको नाम मादक पदार्थ सेवन गर्ने अनि विद्यालय पनि नजाने शिक्षकको सूचीमा राखेको थियो । जिल्ला शिक्षा कार्यालयले लामो समयसम्म विद्यालय नजाने १९ जना, मादक पदार्थ सेवन गर्ने र विद्यालय नजाने १२ जना तथा मादक पदार्थ सेवन गरेर मात्र विद्यालय जाने ५ शिक्षक÷शिक्षीकालाई चित्त बुझ्दो जवाफ दिन भन्दै गत बैशाख–२६ गते लिखित स्पष्टीकरण सोधेको थियो । 
सम्बन्धित क्षेत्रका श्रोतब्यक्तिको फिल्ड रिपोर्टका आधारमा शिक्षाले स्पष्टीकरण सोधेपछि अत्तालिएका शिक्षकहरुले अहिले जिल्ला शिक्षा कार्यालयमा धमाधम लिखित स्पष्टीकरण बुझाइरहेका छन् । कतिपय शिक्षकहरुले आफ्नो बचाउ गर्दै गल्ती नदोहो¥याउने प्रतिबद्धता सहितको स्पष्टीकरण पेश गरेको शिक्षाले जनाएको छ ।
चित्त बुझ्दो जवाफ नदिने शिक्षक÷शिक्षिकालाई शिक्षा ऐन अनुसार कारबाहीको प्रकृया अघि बढाइने निमित्त जिल्ला शिक्षा अधिकारी समेत रहेका थापाले बताउनुभयो । जिल्ला शिक्षा कार्यालयका अनुशार विद्यालय नजाने शिक्षकलाई शिक्षा ऐन २०२८ को दफा १६ ‘ङ’ को उपदफा ५ को ‘ग’ बमोजिमको कारबाही गर्न सकिने व्यवस्था छ । 
मादक पदार्थ सेवन गरेर विद्यालय नजाने तथा मातेर विद्यालय जाने शिक्षक÷शिक्षीकालाई शिक्षा ऐन २०२८ को दफा १६ ‘ङ’ को उपदफा ५ को ‘घ’ बमोजिमको कारबाही हुने व्यवस्था छ । शिक्षाका अनुसार कतिपय शिक्षकहरुले विद्यालय छाडेर व्यवसाय, राजनीतीलाई बढि प्राथमिकता दिइरहेको भेटिएका छन् ।