जेष्ठ–२५, नेकपा एमाले दिक्तेल नगर कमिटिले एक अग्नी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत बैसाख–११ गते भएको आगलागीमा घर जगलेर बिचल्ली बनेका दिक्तेल नगरपालिका–६ सोल्माका देफोसेन राईलाई नगर कमिटिले ५० हजार आर्थिक सहयोग गरेको हो । 
चन्दा संकलन गरेर अग्नि पीडित परिवारलाई आर्थिक सहयोग गरिएको नगर कमिटिका संयोजक गोपालचन्द्र आचार्यले बताउनुभयो । आगलागीबाट घर, अन्न, लत्ताकपडा, भाँडाकुँडा जलेपछि विचल्ली परेका राई परिवारलाई घरमै पुगेर सभाषद पिके राईको हातबाट हस्तान्तरण गरिएको एमाले नगर कमिटिले जनाएको छ । 
अग्नि पिडित राईको ८ सदस्यीय परिवारको जीवनयापनमा सहयोग पु¥याउनकालागि आर्थिक सहयोग गरिएको संयोजक आचार्यले बताउनुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सदस्य उपिनकुमार राई, विद्यार्थी नेता ओकप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।