जेष्ठ–३०, खोटाङमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । रतन्छा–८ का २८ वर्षीय रामप्रसाद राईले आफ्नै घरको धुरीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
शुक्रबार बिहान करिब दुई बजेतिर उनले झुण्डिएर आत्महत्या गरेको स्थानीयको भनाइ छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।
एक छोरा र एक छोरीकी बुबा रामप्रसादले मातेको झोँकमा आत्महत्या गरेको हुन सक्ने स्थानीयले दावी गरेका छन् । स्थानीयका अनुसार उनी यसअघि दैनिकजसो मातेर हिड्ने गरेका थिए ।