असार–४, लामो समयदेखि जन्डिस रोगबाट पीडित खोटाङका एक युवाको मृत्यु भएको छ । दिक्तेल नगरपालिका–१ का ३३ वर्षीय शुक्रराज परियारको मृत्यु भएको हो । 
इटहरीबाट ससुराली घर भोजपुरको दाँवा पुगेका परियारको ससुरालीमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । अकस्मात बेहोस बनेर ढलेका परियारको उपचारका क्रममा मृत्यु भएको हो । 
सोमबार मृत्यु भएका परियारको शव मंगलबार चार्टर गरिएको फिस्टेल हेलीकोप्टरमार्फत खोटाङ ल्याइएको छ । उनको शव मंगलबारै अन्त्यष्टी गरिएको आफन्तको भनाइ छ ।