असार–५, आगलागी पीडित खोटाङका एक परिवारलाई नगद २९ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सोल्मा स्पोटर्स क्लव सोल्माको पहलमा दिक्तेल नगरपालिका–६ का आगलागी पीडित डेफुसेन राईको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
व्यक्ति तथा विभिन्न संघसंस्थाबाट चन्दा संकलन गरेर पीडित परिवारलाई आर्थिक सहयोग गरिएको क्लवका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो । गत बैशाख–११ गते  लागलागीमा परी घर तथा घरमा भएका सामाग्री गुमाएर बिचल्ली परेका राई परिवारलाई घर निर्माणका लागि आर्थिक सहयोग गरिएको हो । 
भान्छा कोठाबाट सल्किएको आगलागीबाट राईको चार लाख बराबरको धन सम्पत्ती जलेर नष्ट भएको थियो । आगलागीबाट घर बिहिन बनेका राईका नौं जनाको परिवारलाई यसअघि पनि क्लवले नगद पाँच हजार आर्थिक सहयोग गरेको थियो ।