असार–७, बैदेसिक रोजगारीका कारण मानसिक बिरामी परेका सर्वसाधारणलाई मनोसामाजिक परामर्श प्रदान गर्नका लागि खोटाङमा मनोसामाजिक परामर्शकर्ता तयार गरिएको छ । बैदेसिक रोजगारका कारण मानसिक पीडामा परेकालाई मनोसामाजिक परामर्श प्रदान गर्नका लागि जिल्लामा पहिलोपल्ट तालिम प्राप्त चार जना मनोसामाजिक परामर्शकर्ता तयार गरिएको हो । 
हरिमायाँ राई, लोकमणी रिजाल, नागेन्द्र यादव र रेनुका राईलाई तालिमको व्यवस्था मिलाएर मनोसामाजिक परामर्शकर्ता तयार पारिएको सामी परियोजना सञ्चालनको जिम्मा पाएको जनसेवा समाज नेपाल जालपाले जनाएको छ । सुरक्षित आप्रबासन परियोजना (सामी) र सिएमसि नेपालको सहकार्यमा काठ्माडौंमा ३५ दिन, खोटाङको फिल्डमा ३२ दिन, फोन कोचिङ ४० घण्टे तालिम प्रदान गरेर मनोसामाजिक परामर्शकर्ताहरु उत्पादन गरिएको हो ।
तालिमका दौरान ५० भन्दा बढि महिलालाई मनोसामाजिक परामर्श प्रदान गरिसकेका परामर्शकर्तालाई शुक्रबार सिएमसि नेपाल काठ्माडौंका डा. पशुपति महतले प्रदान गर्नुभयो । बैदेसिक रोजगारीका कारण बढ्दो मानसिक बिरामीलाई मनोसामाजिक परामर्श प्रदान गर्नकालागि मनोसामाजिक परामर्शकर्ता तयार गरिएको हो । 
मनोसामाजिक परामर्शकर्ताले बैदेसिक रोजगारीका कारण पीडित बनेको घरमा पुगेर वा कार्यालयमा बोलाएर उनीहरुको दुःख, पिडा कम गर्न सातदेखि दश पटकसम्म परामर्श प्रदान गर्ने जनसेवाका अध्यक्ष इमान राईले बताउनुभयो । राईले बैदेसिक रोजगारीका कारण डिप्रेसनमा परेका महिला, पुरुषको आत्मबल बढाउँदै पारिवारिक बिखण्डन हुनबाट जोगाउनका लागि जिल्लामा मनोसामाजिक परामर्शकर्ताको आवश्यकता परेको उल्लेख गर्नुभयो । 
डा. महतले बैदेसिक रोजगार बाहेक अन्य कारणले ‘डिप्रेसन’मा परेका सर्वसाधारणलाई समेत मनोसामाजिक परामर्श प्रदान गर्न सकिने बताृनुभयो । परियोजनाका अनुशार श्रीमान बिदेश गएपछि अन्य परुषसँग बोलेको आधारमा लाञ्छना लगाउने, मानसिक यातना दिने, खान, लाउन नदिने, कुटपिट र दुव्र्यबहार गर्ने गरेका कारण जिल्लामा मानसिक रोगी भएका महिलाको संख्या बढ्दो छ । 
बैदेसिक रोजगारका कारण ५० भन्दा बढि महिला र उनीहरुको बालबच्चामा ‘डिप्रेसन’को समस्या भेटिएको मनोसामाजिक परामर्शकर्ता लोकमणी रिजालले बताउनुभयो ।