मनोज बुढाथोकी
खोटाङ ९ असार । खोटाङमा आफनै घरको कोठामा गत शनिबार झुन्डीएर आत्मा हत्या गर्ने खाल्ले गाबिस वडा नम्बर ८ की लक्ष्मी परियारको पेटमा अबैध सम्बन्धको ९ महिनाको बच्चा रहेको र आत्माहत्या गरेको खुलासा भएको छ ।
खोटाङ ९ असार । खोटाङमा आफनै घरको कोठामा गत शनिबार झुन्डीएर आत्मा हत्या गर्ने खाल्ले गाबिस वडा नम्बर ८ की लक्ष्मी परियारको पेटमा अबैध सम्बन्धको ९ महिनाको बच्चा रहेको र आत्माहत्या गरेको खुलासा भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा गरिएको पोष्र्टमार्टम पछि उनको पेटमा अबैध सम्बन्धको ९ महिनाको छोरी रहेको र आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
मृतक परियारको श्रीमान मदन परियार बिगत ५ बर्षदेखी बैदेसिक रोजगारीको शिलशिलामा कतारमा रहेका छन् । सासुआमा संग मात्र बस्तै आएकी परियारको ८ बर्षको एक छोरा र ६ बर्षको एक छोरी रहेका छन् । उनको मृत्यू भएपछि बृद्ध सासुआमा र बालबच्चाको बिजोक भएको छ ।
परियार संग अबैध सम्बन्ध राख्ने ब्यक्तीको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।