असार ३१ । पशुचौपायालाई वर्षामा लाग्ने विभिन्न किसीमका रोगबाट बचाउन ३ दिने निशुल्कः खोप सेवा सम्पन्न भएको छ । ओरेक नेपालको आयोजनामा उदयपुरको त्रियुगा नगरपालीकाको वडानम्वर १४,१५ र १६ का गरी ४ स्थानमा रहेको ६ सय ५१ पशुचौपायालाई खोरेत, चरचरे रोगको खोप लगाईएको ओरेक नेपालकी भेटनरी प्राविधिक सिता पोखरेलले बताउनु भयो ।
पशुचौपायालाई असार २७ गते देखि २९ गते सम्म उत्राईटोल, नवउदयटोल, बैरेनि राजावास र राजावास चोकमा खोप लागाईएको छ । त्रियुगा नगरपालीका १४ उत्राईटोलमा २७ गते एक सय ९७ पशुचौपायालाई खोप लागईएको छ भने सोहि दिन वैरेनि राजावासमा एक सय ६८ पशुचौपायालाई खोप लागाईएको छ ।
त्यस्तै नवउदयटोलमा २८ गतेएक सय ५७ पशुचौपायालाई खोप लगाईएको छ । आज राजावास चोकमा एक सय २९ पशुचौपायालाई खोप लगाई ३ दिने निशुल्क खोप सेवा सम्पन्न भएको सहयोगि प्रविधिक हरीशरण धितालले बताउनु भएको छ ।