साउन । पूर्वी दक्षिणमा ट्याम्के पश्चिमी उत्तरमा साम्सुधाप अझ माथितिर मेरुङ, फागुन चैत्रमा तिनै पाखा पखेराहरु । थरी थरीका चिमल चाप र लाली गुराँसले झकमक्क ।

किसानहरु, बटुवाहरु, गोठालाहरु त्यसै त्यसै त्यसैको सौन्दर्यतामा हराउन खोजिरहन्छन् । तिनै कन्दराको फेदतिर भिर भरालो बनावटमा टाँसिएर रहेको एउटा गाउँ, नाम हो सेखुवा । त्यसैलाई देशकै नमूना गाउँ बनाउने उद्देश्यका साथ विभिन्न पेशा तथा रोजगारका लागि संसारभर छरिएर रहेका सेखुवालीहरु अहिले सर्लक्कै लागि परेका छन् ।

छुट्टाछुट्टै देशमा छरिएर रहेका उनीहरु सबैलाई र एउटै सोचका साथ भेट हुने छहारी भने सामजिक सञ्जाल फेसबुकले गराईदिएको छ । फेसबुक ग्रुपमा नै यसका अभियानता सामुर तीन लाख भन्दा बढीको प्रतिबद्धता समेत जुटीसकेको छ । खेलकुद मैदान, गाउँको विद्यालयका लागि आवश्यक शैक्षिक तथा भौतिक सामग्री र गाउँ विकासका लागि भने
मेरुङ भेगमा फुलेको गुराँस ।

सन्तोष राई ५० हजार, राजकुमार राई ५० हजार, डम्बर बुढाथोकी ५० हजार,  इन्द्रदेव राई ३० हजार, तिर्तल सिंह राई ३० हजार, ध्रुव राई २५ हजार, नवराज राई २० हजार, अनिल कालिकोटे २० हजार, कुमार कालिकोटे २० हजार, विरेन्द्र बुढाथोकी २० हजार, देव चाम्लिंग १५, शशी राई १० हजार, बिनोद राई १० हजार, रमेश राई ६ हजार, मोहन राई ५ हजार लगायतबाट सेखुवाका लागि सहयोगी प्रतिवद्धता जुटिसकेको हो । सहयोग आउने क्रम जारी रहेको अभियानकर्ता सन्तोष राईले जानकारी दिए । सन्तोष र राज राईले व्यक्तिगत रुपमा नेपाली पचास हजार बराबरको खेलकुद पोसाक समेत सेखुवाका लागि पठाउन लागेको जानकारी फेसबुकमार्फत गराएका छन् ।

गाउँमा खेलकुद मैदान, शिक्षामा चेतना विस्तार र गाउँको विकास सँगसँगै अघि बढाएर सेखुवालाई गाउँकै नमूना गाउँ बनाउने उद्देश्य यसका युवा अभियानकर्ताहरुको छ ।
यसअघि गाउँको विद्यालयलाई पुस्तकालयका लागि सहयोग गरिसकेका देवराज राई पनि सेखुवालीहरुको काम देखेर हौसिएका छन् । सबै मिले केही गर्न सकिनेमा उनी विश्वस्त देखिन्छन् । अभियानमा सक्रिय भूमिका निभाईरहेको सन्तोष राई र राज राईले भाद्र पहिलो साता काठमाडौंमा रहेका सेखुवालीसँग छलफल गर्ने जनाएका छन् ।
देशविदेशमा रहेका युवाहरु ताँतिरहँदा सेखुवालाई नमूना गाउँ बनाउन  नसकिने पनि होइन । सेखुवामा त्यस्ता प्रचुर सम्भावनाहरु छन् । जसमा गाउँलेहरु एकतावद्ध हुनु भने अहिलेको सपना सम्भव हुने देखिन्छ ।
सेखुवा गाउँ ।

गाउँमा अहिले आमा समूह निक्कै सक्रिय छ । मासिक रुपमा उठाउने लेबीबाट नै उनीहरुले २ लाख भन्दा बढी रकम जम्मा गरिसकेका छन् । आमा समूहकै सक्रियमा गाविसलाई धुवाँरहित गाविस घोषणा गरिसकिएको छ । जाड रक्सी लगायत धेरै विकृतिहरु हट्दै गएका छन् । अर्कोतिर, विद्युत लाइन जोड्न नजिकैको लामाखुबाट एउटा खोलो तर्न मात्रै बाँकी छ । उत्पादनका हिसाबले सेखुवामा अलैंचीको राम्रो उत्पादन हुँदै आएको छ ।

अब, सेखुवामा विद्यार्थीको लागि अंग्रेजी कक्षाका साथै अतिरिक्त क्रियाकलाप बढाउँदै जाने हो भने शिक्षामा फड्को मार्ने देखिन्छ । त्यस्तै पौढ शिक्षाको कार्यक्रम लैजाने हो भने हरेक घर हरेक व्यक्ति शिक्षित गाउँ बन्नेछ ।
धुँवारहित गाउँ, हरेक व्यक्ति शिक्षित गाउँ, हरेक परिवारमा चर्पीसम्पन्न गाउँ, यातायातको सुविधासम्पन्न गाउँ, विद्युत खानेपानी सम्पन्न गाउँ अनि मिलिजुली गाउँ भन्ने नारा अघि सार्ने र गरेर देखाउने हो भने देशकै नमूना गाउँ बनाउन कठिन देखिन्न । तर, जसका लागि सबै घर एक मन हुनु पर्ने देखिन्छ ।
ट्याम्के परिसरमा देखिएको दृश्य ।

अझ सेखुवा गाउँलाई सम्पन्नशाली बनाउन सामुदायिक वनमा सामूहिक रुपमा चिताइतो, चिया बगान लगाउन सकिने प्रशस्तै ठाउँ छ । काँचो कागजका लागि फ्याक्ट्री नै खोल्न सक्नेछन् । सेखुवाली समूह गठन गरी सामूहिक कृषि तथा पशुपालन गर्दा गाउँको आय बढ्ने देखिन्छ भने रोजगारी पनि । कतिपय संस्था तथा कम्पनीले बस गाडी किनेर नाफा आर्जन गरे झैं सेखुवालीले पनि नगर्लान् भन्ने छैन । 

अझ, गाउँलाई सुन्दरता, हरियालीतासँगै सभ्य बढाउँदै ट्याम्के मेरुङको फाइदा लिन सकिने प्रचुर सम्भावना सेखुवाले बोकेको छ । ट्याम्केदेखि मेरुङसम्मलाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने हो भने त्यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको बसोबासस्थल सेखवा बन्न सक्नेछ । अर्कातिर हलेसी दर्शनार्थीलाई ट्याम्के मेरुङले सर्लक्कै तान्न सक्नेछ भने जसले पनि सेखुवाबासीलाई नै फाइदा पुग्ने देखिन्छ ।
तर, समुदायमा खाँचो भने पूरै गाउँ एउटै मनको हो । नत्र केही पनि हुन्न, जेछ त्यतिमै सिमित बन्नेछ ।
तस्बीर: सन्तोष राई, तिर्तल राई, विरेन्द्र बुढाथोकी (फेसबुक)