साउन–९ । नचिनिएका समुहले खोटाङका एक विद्यालयका आठ थान कम्प्युटर तोडफोड गरेका छन् । दिक्तेल नगरपालिका–१५ स्थित शितला मावि खाल्लेको आठ थान कम्प्युटर तोडफोड गरेका हुन् ।

रातका समयमा विद्यालयको ढोका फोडेर दश वटामध्ये आठ वटा कम्प्युटर तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट सबै कम्प्युटर काम नलाग्ने बनेको विद्यालयले जनाएको छ ।

कम्प्युटर तोडफोडबाट साँढे छ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले बताउनुभयो । कम्प्यूटर तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कम्प्युटर तोडफोड भएपछि विद्यालयको कम्प्युटर कक्षा बन्द भएको विद्यालयले जनाएको छ ।