साउन–२९, जिल्ला कारागार शाखा खोटाङका कैंदी बन्दीले सिन्धुपाल्चोकका पहिरो पीडितका लागि राहत
पहिरो पीडितका लागि पठाइएको रकम जेलर चित्राखर आचार्यलाई
हस्तान्तरण गर्दै चौकीदार पृतीलाल राई (बायाँ) 

रकम पठाएको छ । उनीहरुले गत शनिबार गएको पहिरो तथा बाढी पिडितको सहयोग तथा उद्धारका लागि कारागारभित्रका कैंदीबन्दीबाट संकलन भएको नौं हजार पाँच सय छ रुपैयाँ राहत रकम पठाएको हो ।

कारागारभित्रका कैंदीबन्दीबाट जम्मा गरिएको रकम बुधबार कारागारका जेलर चित्राखर आचार्यमार्फत जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको राहत कोषमा पठाएका हुन् । कारागारका चौकीदार पृतिलाल राईले एक सय २९ पुरुष तथा १७ महिला कैंदीबन्दीबाट संकलन गरिएको रकम पहिरो पिडितलाई पठाउनकालागि जेलर आचार्यलाई हस्तान्तरण गरेका छन् । 
पहिरोबाट अलपत्र बनेका सर्वसाधारणको सहयोगार्थ मानवीय हिसाबले सहयोग गरिएको चौकीदार राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिरोले धेरै परिवार पीडित भएको थाहा पायौँ, त्यही भएर थोरै भएपनि हाम्रो दैनिक भत्ता कटाएर पीडितलाई पठाएका हौँ ।’ 
राहत रकम जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको राहत कोष २०७१ अन्तरगत नेपाल बैंक लिमिटेड चौतारा शाखामा खोलिएको चल्ती खाता नम्बर ०५७०००६४०५०१ मा जम्मा गरिएको जेलर आचार्यले बताउनुभयो ।