भदौ–२ । खोलाले बगाएर बेपत्ता भएका खोटाङका एक बालक अझै फेला परेका छैनन् । पौडी खेल्ने क्रममा रावाखोलाले बगाएर साउन–१४ बेपत्ता बनेका खार्पा–९ का १४ बर्षीय बालक धनबहादृुर मगर अझै फेला नपरेका हुन् ।
साथीहरुसँगै पौडी खेल्न गएका मगरलाई साउन–१४ गते दिउसो चार बजेतिर बगाएको स्थानीयको भनाइ छ । बेपत्ता बनेका बालकको स्थानीयबासी र खार्पा प्रहरी चौकीबाट खटिएका उद्धार टोलीले खोजी गरेपनि फेला नपरेको प्रहरीले जनाएको छ ।
बेपत्ता बालक फेला नपरेपनि जीवित भने नरेको जिल्ला कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबावु प्रसाद साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनी फेला नपरेपछि आफन्तले काजकिरिया समेत गरिसके ।’