असोज–४, बहुविवाह गर्ने खोटाङका एक जोडी पक्राउ परका छन् । दिक्तेल नगरपालिका–१० का २२ वर्षीय सुमन राई र सोही नगरपालिका वडा नम्बर–१४ बस्ने १८ वर्षीया युबिना राई पक्राउ परका हुन् । 
जेठी श्रीमतीले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेका उनीहरु विरुद्ध बहुविवाह महल अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।’
खानलाउन नदिएको, पटक–पटक मानसिक तथा शारीरिक यातना दिएको र बालबच्चाको समेत बेवास्ता गरेको भन्दै जेठी श्रीमतीले कारबाहीको माग गर्दै उजुरी दिएको प्रहरीले जनाएको छ । उजुरी पर्नासाथ उनीहरुलाई घरैबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
राईको जेठी श्रीमतीपट्टी एक छोरा र एक छोरी छन् । छ वर्षअघि विवाह गरेका राईले जेठी श्रीमतीलाई पटक–पटक शारीरिक यातना दिने गरेको स्थानीयको भनाइ छ ।