उनीहरुले मावली घर दोर्पाचिउरीडाँडा हिँडेका अधिराजलाई बाटो छेकेर निर्घात कुटपिट भएको घाइत अधिराजकी काकी शान्ता राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सात÷आठ जनाको समूहले बिनागल्ती कुटपिट गरेछन्, बेहोस भएपछि बाटोमुनी फालेर हिडेछन् ।’
कुटपिटबाट गम्भिर घाइते बनेका अधिराजको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि अस्पतालले अन्यत्र रेफर गरेको छ । गम्भिर घाइते अधिराजलाई मंगलबार जिल्ला अस्पताल ल्याइएको थियो ।
पारिवारिक स्रोतका अनुसार गम्भिर घाइते अधिराजलाई हेलीकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ । उनीमाथि सोमबार बेलुकी दोबेलको लप्सेखोला दोभानमा आक्रमण भएको बुझिएको छ ।
घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो ।
मावली हिँडेका युवा निर्घात कुटिए
असोज ८ । मावली हिँडेका एक युवा खोटाङमा निर्घात कुटिएका छन् । नचिनिएका सात÷आठ जनाको समूहको कुटाइबाट मोरङ पथ्री घर भएका २० वर्षीय अधिराज राई निर्घात कुटिएका हुन् ।