असोज ८ । लगातारको वर्षापछि गएको पहिरोले खोटाङमा एक घर पुरिएको छ । घरमाथिबाट झरेको पहिरोले डाँडागाउँ–४ का विष्णकुमार खड्को घर तथा घरमा भएका सम्पूर्ण सामाग्री पुरिएको हो ।

फुसले छाएको खड्काको तीन तले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामाग्री पुरिँदा करिब साँढे पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घरमाथिबाट बग्दै झरेको पहिरोले मानवीय क्षति भने नभएको स्थानीयको भनाइ छ ।

पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामाग्री पुरिएपछि चार जनाको खड्का परिवार आफन्तकोमा आश्रय लिएर बसेका छन् । मंगलबार राती परेको अविरल वर्षपछि गएको पहिरोले खड्काको घर पुरिएको स्थानीयको भनाइ छ ।