असोज–११ ।  महिला जागरण सरोकार मञ्च उपसमिति बुइपा–३ छिप्तीले वडा दशै तथा दीपावलीको अवसर पारेर बाटो सरसफाई गरेको छ । समितिमा आवद्ध सदस्य तथा छिमेकी वडाका स्थानीयबासीको सहभागितामा करिब चार किलोमिटर बाटो सरसफाई गरिएको हो ।

समितिमा आवद्ध महिला सदस्यहरुको सक्रियातामा दमैथुम्कीदेखि बेसीटोल बरडाँडासम्मको बाटो सरसफाई गरिएको समितिका सचिव मेनुला राईले जानकारी दिनुभयो । राईका अनुसार बाटो वरिपरीको झाडी हटाउनुका साथै वर्षाको पानीले पारेको खाल्डाखुल्डी समेत पुरिएको छ ।

मुलबाटोमा पर्ने वडा नम्बर–१ का स्थानीयबासीको समेत सहभागितामा बाटो सरसफाई गरिएपछि आवत÷जावतमा सहज भएको समितिले जनाएको छ । उक्त मुलबाटो मार्फत सदरमुकाम दिक्तेल, अर्खौले, विजुले लगायतका स्थानमा आवत÷जावत गर्ने गरिएको छ ।