कात्तिक ७ । बाख्रा चराउन गएका खोटाङको एक बालकको रुखबाट लडेर ज्यान गएको छ । जिल्लाको दक्षिणी गाविस मौवाबोटे–१ का १४ वर्षीय राजन राईको ज्यान गएको हो ।
रुखमा चढेर खेल्नेक्रममा बुधबार लडेका बालकको बिहीबार बिहान ज्यान गएको स्थानीयको भनाइ छ । रुखबाट लडेर गम्भीर घाइते बनेका बालकको स्थानीय स्वस्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि उदयपुरको गाईघाट लैजानेक्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन एक्लै जङ्गल गएका बालक घर नफर्कीएपछि खोजी गर्नेक्रममा रुखबाट लडेर बेहोस अवस्थामा फेला परेका थिए । उनको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।
मृत बालकको शव दाह संस्कारका लागि भर फर्काइदै गरिएको आफन्तले जनाएका छन् ।