कात्तिक ७ । मादक पदार्थ सेवन गरेर छुरी प्रहार गर्दा खोटाङमा एक युवा गम्भीर घाइते भएका छन् । मादक पदार्थ सेवन गरेर बसीरहेका स्थानीय जोशीचन्द्र राई र विनोद राईले प्रहार गरेको छुरी लागेर दोर्पाचिउरीडाँडा–६ का ३४ वर्षीय हरिकुमार राई गम्भीर घाइते भएका हुन् ।
घाइते राईको स्थानीय स्वस्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
घाइते अवस्थामा रहेका उनको टाउकोको विभिन्न भागमा गहिरो चोट लागेको स्थानीय ईन्द्र श्रेष्ठले बताउनुभयो । स्थानीय एक विद्यालयको वार्षीक उत्सवबाट फर्कीएका उनीमाथि बुधबार साँझ छुरी प्रहार भएको स्थानीयले जनाएका छन् ।
छुरी प्रहार गर्ने दुवै जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजीका लागि मातहतका प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो ।