खोटाङ, कार्तिक २६ । खोटाङमा ह्याम्मरले हानेर श्रीमतीको हत्याको प्रयास गरेका श्रीमानले आफै आत्महत्या गरेका छन् ।
घरायसी बिवादकाक्रममा श्रीमती मैनाकुमारीलाई ह्याम्मरले हानेर हत्या प्रयास गरेका दिप्लुङ–२ का ४८ वर्षीय अम्बरबहादुर राईले झुण्डीएर आत्महत्या गरेका हुन् ।
ह्याम्मरको चोटले श्रीमती ढलेपछि राईले ‘श्रीमतीको मृत्यु भएको भन्ने ठानेर आईतबार राती आत्महत्या गरेको’ आफन्तको भनाई उधृद गर्दै प्रहरीले जनाएको छ । घर झगडाकाक्रममा अम्बरबहादुरले श्रीमतीलाई आईतबार राती नै ह्याम्मरले हानेका थिए । ह्याम्मरको चोटले ढले पनि मैना जिवित रहेको, तर मरेको भन्ठानेर अम्बरबहादुरले पनि आत्महत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका असई यादव गौतमले भन्नुभयो । घट्नाका बिषयमा थप अध्यायन भइरहेको प्रहरीले जनाएको छ ।
रिसको आबेगमा राईले घर नजिकैको जंगलमा गुराँसको रुखमा पासो लगाएर आत्माहत्या गरेका हुन् । ह्याम्मर प्रहारबाट टाउकोमा गहिरो चोट लागेकी मैनाको अहिलेसम्म होस नखुलेको आफन्तले बताएका छन् । राई दम्पत्तीका तिन छोरा र एक छोरी छन् ।
श्रीमानको शवको पोष्टमार्टम गर्न र गम्भिर घाईते बनेकी श्रीमतीलाई उपचारकालागि सोमबार हेलिकोप्टरमार्फत राजधानी काठ्माण्डौं पु¥याइएको छ । घाईते राईको काठ्माण्डौस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।