सभाषद यज्ञराज सुनुवार, प्रमुख जिल्ला अधिकारी गणशेप्रसाद भट्टराई सहितको टोलीले ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ते¥ह वर्षमा पनि पूरा हुन नसकेको उदयपुरको घुर्मी र ओखलढुंगाको हर्कपुर जोड्ने सुनकोसीको पक्की पुल निर्माणको काम मंसिरभित्रै पुरा गर्न ठेकेदारलाई निर्देशन दिएका हुन् ।
निर्माणाधिन पक्की पुल अनुगमनकाक्रममा सुरक्षा निकायका प्रमुख सहित बिहिबार हर्कपुर पुगेका सभाषद सुनुवार र प्रमुख जिल्ला अधिकारी भट्टराईले ठेकेदार, ईन्जिनियर र प्राबिधिकलाई मंसिर मसान्तभित्रै पुल निर्माणको काम सक्न पुःन अर्को निर्देशन दिएर फर्किएका छन् ।
संबिधानसभाको निर्वाचन भएको दिन पारेर आगामी मंसिर–४ गते उद्घाटन गर्ने भनिएको पुलको निर्माण कार्य अझै पूरा नभएको सभाषद सुनुवारले बताउनुभयो । अनुगमन टोलीका अनुशार पक्की मोटरेबल पुलको प्रमुख र ठूला कामहरु सम्पन्न भइसकेपनि पुलको दायाँ–बायाँको बार ढलानका काम बाँकी रहेको जनाएको छ ।
पुलको उदयपुरतर्फ र ओखलढुंगातर्फको मुखलाई सडकसँग जोड्ने काम पूरा गर्न पनि बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । निर्माणाधिन पुल ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको मूख्य प्रबेश द्धार हो ।
वाईवा भैरब कन्ट्रक्सनका ठेकेदार कृष्ण लामाले ५ वर्षभित्र पूरा गर्नेगरी २०५८ सालमा जिम्मा लिएको पुल निर्माणको काम १३ वर्ष बित्न लाग्दा समेत पूरा हुन सकेको छैन । समयमा पुल निर्माण नहुँदाको प्रत्यक्ष अशर माथिल्लो सगरमाथाका ओखलढुंगा, सोलुखुम्बु र खोटाङको भौतिक, आर्थिक र सामाजिक बिकासमा समेत परिरहेको छ ।