खोटाङ, मंसिर १० । गाबिस सचिव हकहित केन्द्र खोटाङको अध्यक्षमा रमेश आचार्य सर्वसम्मत चयन भएका छन् । 
‘खोटाङ्गे सचिवहरुको एकता, कर्तव्यनिष्ठता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ मंगलबार राती सम्पन्न हकहित केन्द्रको चौथो अधिबेसनबाट आचार्य लगातार तेश्रो पटक अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । १५ सदस्यीय केन्द्रको उपाध्यक्षमा सिताराम आचार्य, सचिवमा गणेशबहादुर कार्की, सह–सचिवमा सुनिता आचार्य र कोषाध्यक्षमा युवराज फुयाल चयन हुनुभएको छ । 
अधिबेसनबाट गौरीनाथ आचार्य र चञ्चल पोखरेल अञ्चल पार्षद तथा ढुण्डीराज दुलाल, सुमन कोइराला र यादव धमला केन्द्रीय पार्षदहरुमा छानिनुभएको गाबिस सचिव हकहित केन्द्रले जनाएको छ ।