मंसिर–१६ । नुहाउने क्रममा चिप्लिएर मलेसियामा ज्यान गुमाएका खोटाङका एक युवाको शव अस्पतालमै अलपत्र परेको छ । गत मंसिर–२ गते बाथरुममा लडेर ज्यान गुमाएका माक्पा–३ बेप्लाका २१ वर्षीय खुशीमान राईको शव अस्पतालमै अलपत्र परेको हो ।
मलेसियाको जोहोरबाहरुमा रहेको रिल कम्पनीमा कार्यरत खुशीमानलाई लडे लगत्तै साथीहरुले अस्पताल लाने क्रममा बाटैमा ज्यान गएको थियोे । रोजगारीको सिलसिलामा छ महिना अघि मलेसिया पुगेका खुशीमानको शव कम्पनीले पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा नलगाएका कारण अलपत्र परेको उनका साथी प्रदिप राईले जानकरी दिनुभयो ।
ऋण काढेर मलेसिया पुगेका राईको छ महिना नबित्दै उतै ज्यान गएपछि आफूहरुको विचल्ली भएको परिवारले जनाएको छ । कार्वन ओभरर्सिस कम्पनी काठमाडौंबाट मलेसिया पुगेका मृतक राईको आमा, चार दिदी र एक दाजु छन् ।
दाजु हाल मलेसियामा नै कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।