पुस–१२, खोटाङका तीन गाबिसमा आप्रबासी कामदार हकहित संरक्षण मञ्च गठन गरिएको छ । 
बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलव्धीमुलक बनाउन सघाउ पु¥याउने उद्धेश्यले बतासे, माक्पा र सप्तेश्वरमा गाबिस स्तरिय आप्रबासी कामदार हकहित संरक्षण मञ्च गठन गरिएको हो । 
बैदेसिक रोजगारका बिषयमा सचेतना फैलाउनका लागि गाउँ–गाउँमा बिदेशबाट फर्किएका कामदारहरु सम्मिलित मञ्च गठन गरीएको सुरसक्षित आप्रबासन परियोजना सामीतिका खोटाङ संयोजक नबिन्द्र राईले बताउनु भयो । 
बतासेमा नबराज राईको संयोजकत्वमा १३ सदस्यीय, माक्पामा पदमबहादुर निरौलाको संयोजकत्वमा ११ सदस्यीय र सप्तेश्वरमा जितेन्द्रकुमार राईको संयोजकत्वमा ११ सदस्यीय मञ्च गठन गरिएका छन् । 
गठन लगत्तै बिदेश जानेक्रममा ठगिनबाट जोगीन र दक्ष बनेर मात्र बिदेश जान प्रोत्साहितका काम थालिएको आप्रबासी कामदार हकहित संरक्षण मञ्च बतासेका संयोजक नबराज राईले बताउनु भयो । बैदेसिक रोजगारीमा जानेहरु कतिपय जिल्लाका युवक ठगीमा परिरहेका कारण मञ्च बिस्तार गरिएको जनाइएको छ ।