पुस–१४, खोटाङको याम्खा–८ खामडाँडास्थित साप्सु निकेतन प्राबिको भवन उदघाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोग तथा अबिभाबकको लगानी गरी कूल ९ लाख ९० हजार ३० रुपैयाँको लागतमा निर्माण गरिएको दुई कोठे भवन जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले उदघाटन गर्नुभएको हो ।
जिल्ला शिक्षा कार्यालयमार्फत भवन निर्माणका लागि प्राप्त ७ लाख ५० हजार र फर्नीचरका लागि ४५ हजार प्राप्त भएको भवन निर्माण समितिले जनाएको छ । एक लाख ८७ हजार ५ सय जनसहभागीता रहेको भवन निर्माणका लागि ५२ हजार ५३० रुपैयाँ बराबरको श्रमदान जुटाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो ।
साप्सु निकेतन प्राबिको भवन उदघाटन गर्दै जिशिअ गणेशप्रसाद भट्टराई । |
गत चैत्रमा निर्माण सुरु गरिएको दुई कोठे भवनको निर्माण कार्य कार्तिक–२२ गते सम्पन्न भएको हो । २०४९ सालमा स्थापना भएको विद्यालयमा ९० बिद्यार्थी अध्यायनरत रहेको प्रधानाध्यपक लक्ष्मीप्रसाद आचार्यले बताउनु भयो । प्रधानाध्यपक आचार्यले विद्यालयको स्थापना, प्रगती लगायतका बिषयमा जानकारी दिनुभयो । विद्यालयले अंग्रेजी माध्यामबाट पठन–पाठन गर्दैआएको छ ।
आइतबार भएको भवन उदघाटन कार्यक्रममा पुर्वसभाषद दुर्गाजयन्ती राई, नेपाली कांग्रेसका कार्यबाहक सभापति प्रेमकुमार राई, नेकपा–माओबादीका बबीहाङ राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतको उपस्थिति रहेको थियो ।