माघ–४, खोटाङको रुपाकोट फटबल क्लवको प्रथम साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम दिक्तेलमा शनिबार सम्पन्न साधारणसभाले दिलीप तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । गत जेठमा मात्र स्थापना भएको फुटबल क्लवको साधारणसभाले उपाध्यक्षमा जयराम गिरी, सचिव सन्तोष जोशी, सह–सचिवमा सुचन राई र कोषाध्यक्षमा भीषण राईलाई चयन गरेको छ । राम खत्री, मिलन राई, बादल जोशी, शैलेन्द्र बजीमय, युवराज राई, कृष्णकुमार राई, जीतेन्द्र राई र श्याम पौडेल सदस्य चयन भएका छन् ।
साधारणसभाले नूरकाजी शैंजू, बिचारी तामाङ, गोपाल राई, सागर राई, भीम राई, बिनोद उदास लगायतका ९ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
स्थापना लगत्तै मनोज स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगीता गरेको फुटबल क्लवले यस पल्ट पनि प्रतियोगीताको तयारी गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । क्लवले ओखलढुंगाको रुम्जटारमा पुस–३० गते सम्पन्न प्रथम सिद्धिचरण नगर कप फुटबल प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेको थियो । जिल्लाकोतर्फबाट प्रतिनिधित्व गर्दै ओखलढुंगा पुगेपछि जिल्लाका सरकारी कार्यालयबाट कुनै आर्थिक सहयोग प्राप्त नभएको तामाङले गुनासो गर्नुभयो । ‘हामीले जिल्लाको नाममा ओखलढुंगा गएका हौँ, जिल्लाको नाममा पुरस्कार जित्यौँ पनि,’ उहाले भन्नुभयो, ‘हाम्रो अडाइ लाख चर्ख भयो तर, हामीलाई कसैले एक पैसा पनि सहयोग गरेको छैन ।’