माघ–५, खोटाङमा सञ्चालित स्थानीय सरकारकोे जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजीपी)का स्वयंसेबक तथा रिपोर्टरहरुलाई आधारभूत पत्रकारिता तालिम दिइएको छ । पत्रकारिताको माध्यमबाट परियोजनाको अभियान र प्रभावलाई शसक्त बनाउनका लागि उसले पहिलो चरणमा २५ गाबिसका स्वयंसेबक तथा सामाजिक रिपोर्टरहरुलाई आधारभूत पत्रकारिता तालिम दिइएको हो । 
परियोजना सञ्चालन गरिएका गाबिसमा पत्रकार उत्पादन गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बालसेवा समाजका अध्यक्ष दिपनारायण रिजालले बताउनु भयो । सदरमुकाम दिक्तेलमा आयोजित दुई दिने आधारभुत पत्रकारिता तालिममा सहभागीलाई सञ्चार, पत्रकारिता, समाचार, समाचार संकलन, लेखन लगायतका बिषयमा आधारभुत जानकारी दिइएको छ । 
तालिममा नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, सचिव उजीर कार्की, सञ्चार सदनका अध्यक्ष डम्बरसिं राई र रुपाकोट सामुदायीक रेडियोका स्टेसन मेनेजर टंक थापाले सहजीकरण गरेका हुन । दोश्रो चरणमा बाँकी गाबिसका स्वयंसेबक तथा रिपोर्टरहरुलाई आधारभूत पत्रकारिता तालिम दिने तयारी गरेको जनाएको छ । 
बालसेवा समाजले सञ्चालनको जिम्मा लिएको परियोजना पहिलोचरणमा खोटाङका ४५ गाबिसमा सञ्चालन सुरु गरिएको छ ।