चैत्र–१३, खोटाङमा औधोगीक ग्राम स्थापनाकालागि संयन्त्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका बिभिन्न स्थानमा छरिएर रहेका घरेलु तथा साना उद्योगहरुलाई एउटै थलोमा ल्याएर एकीकृतरुपमा सञ्चालन गर्नका लागि स्थापना गर्न लागिएको औधोगिक ग्रामकालागि एक छुट्टै संयन्त्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको हो । 
जिल्ला बिकास समितिको नेतृत्वमा घरेलु तथा साना उद्योग बिकास समिति, घरेलु तथा साना उद्योग महासंघ, बाणिज्य संघ, उद्यमी लगायतलाई समेटेर औधोगिक ग्राम स्थापनाकालागि संयन्त्र निर्माणको टुंगो लगाइएको घरेलु तथा साना उद्योग बिकास समिति खोटाङका प्रमुख लोकनाथ खतिवडाले बताउनु भयो । संयन्त्रले औधोगिक ग्रामको सम्भावना, श्रोत तथा बित्तीय व्यवस्था, ग्राममा समेट्नुपर्ने उद्योग छनौट, जग्गाको व्यवस्था लगायतका काम गर्ने खतिवडाले बताउनु भयो । 
खोटाङमा औधोगीक ग्रामको सम्भावनाका बिषयमा अन्तरक्रीया गर्दै घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरी । 
औधोगिक ग्राम स्थापनाका लागि यसअघि नै नुनथला र दिक्तेल बीचमा पर्ने वात्तलमा ९ रोपनी जग्गाको व्यवस्था गरिसकिएको छ । परम्परागतरुपमा छुट्टाछुट्टै सञ्चालन हुँदैआएका उद्योगहरुलाई सामुहिकरुपमा प्रतिष्ठानको तहमा पु¥याउनकालागि विगत ५ वर्षदेखि जिल्लामा औधोगिक ग्रामको काम अघि बढाइएको घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष रामबहादुर राईले बताउनु भयो । ‘हाम्रो गाउँ–गाउँमा थोकबस्तु उत्पादन हुन्छ, तर बजारसम्म पु¥याउने माध्यम छैन,’ अध्यक्ष राईले भन्नुभयो, ‘स्थानीय स्तरमा उत्पादन हुने त्यस्ता श्रोतसाधनको सदुपयोग गरी औधोगिकरणकालागि ग्रामको परिकल्पना गरिएको हो ।’ जिल्लामा प्लाई, वाइन, अलैंची, अम्लिसो, अदुवा, बाँसका सामान, राडीपाखी, खाँडी, अल्लोका सामान, फलाम, अगरबत्ती, जुस, सावुन लगायतका उद्योगहरुलाई समेटेर औधोगिक ग्राम स्थापना गर्ने तयारी गरिएको छ ।  
जिल्लामा औधोगिक ग्रामको सम्भाव्यताका बिषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरी लगायतको टोलीले अध्यायन गरेको छ । टोलीले औधोगिक ग्रामको सम्भावनाका बिषयमा शुक्रबार जिल्लास्थित दलका नेता, कर्मचारी, उद्योगीसँग छलफल गरेको छ । स्थानीय अर्थतन्त्रलाई सुदृढ पार्ने लक्ष्य लिएको औधोगिक ग्राम स्थापनाकालागि आवाज उठाउने मुलुककै पहिलो भएको अध्यक्ष राईले दाबी गर्नुभयो ।
औधोगिक ग्राम स्थापनाको पहलसँगै जिल्लाको उत्तरी क्षेत्रमा कृषि उपजको पकेट क्षेत्र बिकास गर्ने काम पनि थालिएको छ । उद्योग र कृषि एक अर्काका परिपूरक भएकाले उद्योगहरुको केन्द्र स्थापनासँगै रावा–लोचा, रावा–कल्लेरी र रावा–दुबे खोला पकेट क्षेत्रकोरुपमा कृषि उपज उत्पादन क्षेत्रको बिकास गर्न थालिएको राईले जनाउनु भयो । उहाका अनुशार पहिलो चरणमा रावा–लोचा पकेट क्षेत्रको दुई हजार हेक्टर जमिनमा लिचीको बगैंचा लगाउने काम थालिएको छ ।