दोहा- खोटाङ सेवा समाज दोहा कतारले नयाँ बर्ष २०७२ को भित्तेपात्रो प्रकाशन गर्ने भएको छ । संस्थागत विकास र प्रचारप्रसार गर्ने उद्देश्यले संस्थाको बार्षिक गतिबिधिहरुको तस्विर संग्रह तथा जिल्लामा भएका पर्यटकीय स्थल, प्रमुख ठाउँ, जातीय सांस्कृतिक झाँकीहरुको फोटोहरु समेटिएको उक्त पात्रोमा प्रचलित तिथि मितिहरु राखिएको भित्तेपात्रो प्रकाशन संयोजक तथा संस्थाका सचिब कैलाश श्रेष्ठले बताउनु भयो ।
दोहामा गठित पहिलो नेपाली सामाजिक संस्था खोटाङ सेवा समाज दोहा कतारले बिगत १७ वर्ष देखि कतारमा सामाजिक क्रियाकलाप र रोजगारको सिलसिलामा कतार आएका खोटांगे तथा गैर खोटांगेहरुलाई भैपरि आउदा विभिन्न क्षेत्रबाट सहयोग गर्दै आएको छ साथै आफ्नो गृह जिल्लामा पनि यस्ले विविध सामाजिक कार्य गर्दै आएको छ । नयाँ बर्षको अवसर पारेर भित्तेपात्रो वितरण गरिने र त्यसका लागि सम्पूर्ण तयारि भैसकेको संयोजकले बताएका छन् ।