साउन ५, खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको ३५ वर्षपछि पहिलो साधारणसभा गरिएको छ । २०३७ साल असोज–१२ गते स्थापना गरिएको जिल्लाकै पहिलो क्याम्पसको साधारणसभा शनिबार गरिएको हो । १० वर्षसम्म सञ्चालक समिति बिहिन बनेको क्याम्पसमा २०६९ साल साउन–४ गते सञ्चालक समिति बनाइएपछि क्याम्पस स्थापना पछि कै पहिलो साधारणसभा गरिएको हो । तीन वर्षअघि सनबहादुर राईको अध्यक्षतामा बनेको सञ्चालक समितिले तयार पारेको क्याम्पस सञ्चालन नियमावली अनुशार सञ्चालक समितिको साधारणसभा गरिएको हो । क्याम्पसकै हलमा शनिबार साँझ सम्पन्न साधारणसभाले नेकपा माओबादीका जिल्ला सदस्य देबी रिजालको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । 
राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ उपाध्यक्ष रहेको सञ्चालक समितिको सदस्यहरुमा इन्द्र
दिक्तेल क्याम्पसको पहिलो साधारणसभामा सभाषद, संस्थापक क्याम्पस प्रमुख लगायत

घिमिरे, दिपनारायण रिजाल, सुरेश राई, टंकबहादुर थापा, ललितकुमार राई, राम बजगाई, तुलसी खम्बू, सन्तोष बस्नेत र महिलातर्फबाट दुर्गाजयन्ती राई चयन भएका छन् । पछि तीन जना मनोनयन गर्नेगरी दलीय सहमतीका आधारमा समिति गठन गरिएको हो ।

सञ्चालक समितिको अध्यक्ष मनोनयनका बिषयमा भएको दलहरुको बिबादका कारण २०६० सालदेखि २०६९ सालसम्म क्याम्पस सञ्चालक समिति बिहिन बनेको थियो । जिल्लाका राजनैतिक दलहरुको बिवाद साम्य भएपछि तीन वर्षअघि मात्र सञ्चालक समिति गठन गरिएको थियो । सञ्चालक समिति बनेसँगै क्यम्पसको नियमावली निर्माण, स्नातकोत्तर तहको कक्षा सञ्चालन, कर्मचारी तथा आर्थिक प्रशासन नियमावली निर्माण, सडक बिस्तार, बिश्वबिद्यालयको समपुरक कोष अनुदान ल्याएर ५७ लाखमा सात कोठे दुई तले भवन निर्माण, भवन पुःर्नमर्मत, फर्नीचर व्यवस्थापन लगायतका कामहरु अघि बढेको छ । दिक्तेल क्याम्पसमा खोटाङ बाहेक उदयपुर, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुका बिद्यार्थी अध्ययन गर्छन् । 
बैठक भत्ता अपांग छात्रलाई 
दिक्तेल क्याम्पस सञ्चालक समितिका सदस्य ललितकुमार राईले आफुले पाउने बैठक भत्ता क्यम्पसकै अपांग छात्र गणेश राईलाई प्रदान गरेका छन् । सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत पाएको दुई हजार ९७५ रुपैयाँ भत्ता बिबिएस तेश्रो वर्षमा अध्ययनरत छात्र राईलाई क्याम्पसको साधारणसभाको अवशरमा प्रदान गरेका हुन् । २०७० साल मंसिर–१२ गतेदेखि २०७२ साल साउन–१ गतेकोबीचमा बसेको बैठकबाट आएको भत्ता दुबै हात नभएका छात्रलाई प्रदान गरेको सदस्य राईले बताए । ‘क्याम्पस चलाउने भन्दै रकम जुटाउछौँ, अनि त्यसैलाई भत्ता बनाएर लिनु उचित लागेन,’ राईले भने, ‘त्यसैले क्षमताको कदर होस् र शैक्षिक सफलतामा सघाउ पुगोस् भनेर भत्ताबापतको रकम दिएको हुँ ।’