खोटाङ, पुस ११ । खोटाङको सिर्जनशिल भरिया समाज राखाबाङ्देल र प्रयास नेपाल रिब्दुङ महेश्वरीले सन् २०१५ भित्र पूरा गरेका तथा आगामी वर्ष सञ्चालन गर्ने परियोजनाको विषयमा जानकारी गराएको छ ।
भरिया समाज र प्रयास नेपालले मंगलबार सदरमुकाम दिक्तेलमा परियोजनाको विषयमा जानकारी दिँदै सल्लाह सुझाव संकलन गरेको छ ।
जिल्लास्थित सरकारी तथा गैर–सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सम्मिलित बैठकमा समाजले कालिका बालबिकास माबिमा खानेपानी योजना, चंखुखोला सिँचाई परियोजना, सामुदायीक भवन मर्मत परियोजना लगायतका काम गरिएको जानकारी गराएको छ । यस्तै, भूकम्पपछिको समुदाय पुःर्नस्थापना योजना छलफल कार्यक्रम, भूकम्पका कारण क्षतीग्रस्त बनेका सुङ्देलका ४, राखाबांदेलका ५ वटा र दिप्सुङमा २ वटा अस्थायी सिकाई केन्द्र निर्माण गरेको जानकारी दिइएको छ । हाल राखाबाङ्देलमा स्वास्थ्यचौकी भवन निर्माणका काम चलीरहेको समाजले जनाएको छ ।
समाजले आउँदो आर्थिक वर्ष सुंदेलस्थित चन्द्र प्राबि, जनहित प्राबि राखाबांदेल, युवाज्योती प्राबिको भवन निर्माण गर्ने समाजकी निर्जना राईले जानकारी दिइन् । जिफाउण्डेशनको सहयोगमा सिर्जनशिल भरिया समाज राखाबाङ्देल र प्रयास नेपाल रिब्दुङ महेश्वरीले जिल्लाको उत्तरी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दैआएको छ ।