खोटाङ भदौ–३१, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ खमारेमा गाडिएको शव दुई दिनपछि उत्खनन उत्खनन् गरिएको छ । अस्वभाबिक मृत्यु भएको जानकारी आएपछि सोही स्थानका ४५ वर्षीय भीमबहादुर राईको शव प्रहरीले दुई दिनपछि उत्खनन् गरी निकालेको हो ।
भदौ २८ गते कालगतिले स्वभाविक मृत्यु भएको भन्दै सोही दिन दाहसंस्कार गरिएको राईको शव विष सेवनबाट मृत्यु भएको जानकारी आएपछि पोष्टमार्टमका लागि निकालिएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ निकालिएको शव पोष्टमार्टमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।
दाजुभाईले कालगतीले मृत्यु भएको बताए पनि छिमेकीले विष सेवनबाट राईको मृत्यु भएको भन्दै खबर गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको डिएसपी केसीले बताउनुभयो ।