वैदेशिक रोजगारीको सिलसिलामा दोहा कतारमा मृत्यु भएका खोटाङ जिल्ला पुइपा गाविस धिवा खाल्ले ९ निवासी दुर्गादास भट्टराईको परिवारलाई खोटाङ सेवा समाज दोहा कतारले आर्थिक सहयोग स्वरुप ९९ हजार ९ सय तीस रुपैयाँ हस्तान्तरण गरेको छ ।

संस्थाका प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराईद्धारा उक्त सहयोग रकम मृतक भट्टराईका परिवार र श्रीमतीलाइ नेपालमै प्रत्यक्ष भेटेर हस्तान्तरण गरिएको हो ।

खोटाङ जिल्ला बुइपा गाविस वडा नं ९ धिवा खाल्लेका दुर्गादास भट्टराईको गएको २१ सेक्टेम्बर २०१५ का दिन कम्पनीको काम गर्ने सिलसिलामा कार्यस्थलमा क्रेनले किचेर मृत्यु भएको थियो । ३३ वर्षीय भट्टराई रोजगारीको शिलशिलामा कतार स्थिति सिडिसि कम्पनीमा रोजगारीका निम्ति आएको ३४ दिनमा नै अप्रत्याशित दुर्घटनामा परि दुःखद निधन भएको थियो ।

मृतकका पार्थिब शरीर दुःखद निधन भएको केही दिन पछी नै संस्थाका प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराईको सक्रियतामा नेपाल पठाइएको थियो । मृतकका नाबालक २ बर्षको एक छोरा, ५ वर्षकी छोरी, श्रीमती र बाबु आमा छन् । कतारको परिवेशममा हेर्दा नेपालीहरू अकालमा मृत्यु हुने कारणहरु काम गर्ने ठाउँमा दुर्घटना, सुतेको सुतै अवस्था मृत्यु हुने र सडक दुर्घटना मुख्य कारण रहेका छन् । मृतकका परिवारको आर्थिक अवस्था नाजुक रहेकाले यस खोटाङ सेवा समाज कतारका सकृय सदस्य समेत रहेका किशोर भट्टराईको संयोजकत्वमा उक्त रकम संकलित गरिएको जनाइएको छ। खोटाङ सेवा समाज दोहा कतारले विगत १८ वर्ष पहिले देखी प्रवासमा क्रियाशिल रही सामाजिक हकहित र पिडितहरुको लागि सेवा र सहयोग गर्दै आएको छ ।